मङ्सिर १७ गतेदेखि आफू बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

 मंसिर १५, २०७८ बुधबार १९:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही मङ्सिर १७ गते शुक्रवारदेखि आफू अहिले बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

७७ वटै जिल्ला निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गर्न सकिने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । अहिले आयोगले आफ्नो नागरिकतामा कायम जिल्ला वा बसाइसराइँ गरेर आएको जिल्लाबाट मात्रै नामावली सङ्कलन गरिरहेको छ ।

यस्तै आयोगले सबै पालिकास्तरमा पनि टोली पठाएर मतादाता नामावली सङ्कलन गर्ने भएको छ । 

निर्वाचन पर्यवेक्षण समिति नेपालले काठमाण्डौमा आयोजना गरेको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले मतदाता नामावली सङ्कलनको अभियान सुरु हुन लागेको भन्दै १६ वर्ष पूरा भएका सबैले नाम दर्ता गराउन आग्रह गर्नुभयो ।

यसैबीच निर्वाचन आयोगले अब हुने चुनावमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारकाे सम्पत्ति विवरण पनि लिने कानुन बनाएको छ । उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसपछि निर्वाचन सम्पन्न हुने समयसम्म हरेक सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • कविराम कामि

    Dec. 6, 2021, 4:25 a.m.

    हामी बिदेशमा हुनेहरुको लागि पनि केही बाताबरण छ कि ?

  •  0 Reply
  • Hasib Khan

    Dec. 2, 2021, 6:03 p.m.

    मलाई महिला लेखिदिएको छ , अब सच्याउन के गर्नुपर्ला ? म पुरुष हुँ , महिला लेखेपनि भोट दिन पाउँछु त ??

  •  0 Reply
  • Deepak Ranabhat

    Dec. 2, 2021, 10:17 a.m.

    पहिले नै दर्ता गरिसकेकोले फेरि गर्नु पर्छ कि पर्दैन ??

  •  0 Reply

तपाईको प्रतिक्रिया