टेस्ट क्रिकेटमा श्रीलङ्काको अहिलेसम्मकै ठूलो हार

 माघ १९, २०८१ शनिबार १७:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एपी

काठमाण्डाै – श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलिया एक पारी र २ सय ४२ रनले विजयी भएको छ । टेस्ट क्रिकेटमा श्रीलङ्काको यो अहिलेसम्मकै ठूलो हार हो ।

'फलोअन' मा परेर दोस्रो पारीको ब्याटिङ गरेको श्रीलङ्का चौथो दिनको खाना समयपछि २ सय ४७ रन बनाउँदा अलआउट भयो । दोस्रो पारीमा श्रीलङ्काका जेफ्रे भन्डेरसेले सबैभन्दा धेरै ५३ रन बनाए । अस्ट्रेलियाका म्याथ्यु कुह्नेमान र नाथन लायनले ४/४ विकेट लिए ।

यस्तै श्रीलङ्का पहिलो पारीमा १ सय ६५ रनमा अलआउट भएको थियो । पहिलो पारीमा श्रीलङ्काका दिनेश चन्डीमलले ७२ रन बनाए । अस्ट्रेलियाका कुह्नेमानले ५ विकेट लिए ।

यसअघि गालेमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा ६ सय ५४ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा अस्ट्रेलियाका उस्मान ख्वाजाले दोहोरो शतक, स्टिभ स्मिथ र जोश इन्ग्लिसले शतक तथा ट्राभिस हेडले अर्धशतक बनाए । श्रीलङ्काका प्रभात जयसूर्या भन्डेरसले ३/३ विकेट लिए ।

घरेलु टोली श्रीलङ्का र अस्ट्रेलियाबीचको दोस्रो तथा अन्तिम टेस्ट आउँदो बिहीवारदेखि गलेमा शुरू हुनेछ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया