गण्डकीमा यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँकाे सुन्तला उत्पादन, सब...
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - कोरोना सङ्क्रमणका कारण परीक्षा गुमाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदैछ ।
कक्षा १२ को परीक्षा गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भएको थियो । तर, त्यति बेला कोभिड-१९ को सङ्क्रमण भएकाले परीक्षा दिन पाएका थिएनन् र राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ ।
शर्माका अनुसार यस्ता परीक्षार्थी देशभर ४१ जना छन् । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ । तर उनीहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आउँदो २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।