गण्डकीमा यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँकाे सुन्तला उत्पादन, सब...
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - आज ‘अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
शोषण अन्त्यका लागि सन्देश दिन भन्दै हरेक वर्ष डिसेम्बर २ तारिखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो ।
नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएको छ । तर अहिले दासताको परिवर्तित स्वरुपले विश्वमा मात्रै नभइ नेपालका लागि पनि चुनौतीपूर्ण विषय बनेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को पछिल्लो तथ्याङ्क अनुसार ४ करोडभन्दा धेरै मानिसहरु विश्वभर आधुनिक दासताको सिकार बनेका छन् ।
नेपालमा आन्तरिक तथा बाह्य बेचविखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको छ । नेपालमा मानव तस्करी, अङ्ग तस्करी जस्ता घटना बढिरहेका प्रहरीको तथ्याङ्क छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।