राप्रपा महाधिवेशनको बन्द सत्रमा कार्यपत्रमाथि छलफल सुरु

 मंसिर १६, २०७८ बिहिबार १२:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन अन्तर्गत बन्द सत्रमा अध्यक्ष पशुपति शम्शेर जबराको सामाजिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् । यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने नेता भुवन पाठकले जानकारी दिनुभयो ।

पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् । आज बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय राखिएको छ । त्यसपछि मतगणना सुरू हुने छ ।

हिजोदेखि सुरु महाधिवेशनमा देशभरिबाट ४ हजार सात सय प्रतिनिधि सहभागी छन् । 

अन्तिम अपडेट: पुस २९, २०७८

तपाईको प्रतिक्रिया