त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बोर्डको बैठक बस्दैछ ।
बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एक/दुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ ।
बोर्ड बैठकले आजै नतिजा निकाल्ने निर्णय पनि गर्न सक्नेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।
देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।
यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नपाएका विद्यार्थीका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने छ ।
हिजोदेखि छुटेका विद्यार्थीहरुका लागि परीक्षा सुरु भएको हो । परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
AlbertJem
Dec. 3, 2021, 8:51 a.m.It is remarkable, it is very valuable piece