पश्चिमी क्षेत्रमा हिमपात र वर्षा : एक र दुई बाहेकका प्रदेशमा भोलि मौसम खुल्ने

 मंसिर १७, २०७८ शुक्रबार ७:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको छ । पश्चिमी क्षेत्रका धेरैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ भने केही ठाउँमा हल्का पानी परेको छ ।

आज पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

उहाँकाअनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर नै परेको छ । आज काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने अनुमान छ । भोलि भने प्रदेश-१ र २ बाहेकका प्रदेशमा मौसम खुल्ने अनुमान गरिएको छ ।

प्रदेश-१ र २ मा भने यो प्रणालीको प्रभावले भोलि दिनभर पनि मौसम सामान्यदेखि पूर्ण बद्ली हुने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । यस्तै, पर्सि फेरि पश्चिमी वायुको प्रभावले पश्चिमी क्षेत्रमा असर पर्न सक्ने देखिएको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया