गण्डकीमा यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँकाे सुन्तला उत्पादन, सब...
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार सात सय ९७ जनाको नमूना परीक्षण गर्दा तीन दशमलव पाँच प्रतिशत अर्थात दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ९२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार एक सय आठ जना पुगेको छ । यस्तै थप पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४० जना पुगेको छ । अहिले नेपालमा ६ हजार सात सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३० हजार ६ सय ८८ जनाले कोरोना भाइरसबिरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ८६ लाख ६७ हजार दुई सय ५७ जनाले पूर्ण मात्रा र एक करोड तीन लाख २५ हजार ६ सय ४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।