एमाले सरकारमा आउन एक वर्ष पनि पर्खिनु पर्दैन : ओली

 मंसिर १८, २०७८ शनिबार १९:५८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खिनु नपर्ने बताउनु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र देशमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गर्नुभएको हो । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि देशमा पुनर्निर्माण र नवर्निर्माणका काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिनु भयो ।

अध्यक्ष ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माणका काम देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्याउनु भयो । उहाँले अब देशको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आउँदाे निर्वाचनमा विजयी गराउनुपर्ने बताउनु भएकाे छ ।

अध्यक्ष ओलीले देश निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरुलाई आह्वान गर्नु भयो । उहाँले भन्नु भयो, ‘चुनाव हुन ढिलै भए पनि एक वर्ष लाग्छ। एक वर्षमा चुनाव हुनैपर्छ। एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसको सरकार बन्छ ? त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो।'

अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरे पनि अरु कसैले फुस्काइ दिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताउनु भयो । उहाँले अघिल्लो पटक नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाइएको दाबी समेत गर्नु भयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया