त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' बाट नागरिकलाई जाेगाउन आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज आइतवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकाले नेपालमा पनि आवतजावतका कारण सङ्क्रमण भित्रिन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोप कार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिनुभयो ।
सभापति घर्तीले कोरोनाको खोप नागरिकसम्म पुर्याउने काम चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिनुभयो । त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।
समिति सभापति घर्तीले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यकताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरूलाई व्यवस्थित गर्न पनि निर्देशन दिनुभयो ।
सभापति घर्तीले भन्नुभयो, ‘खोपलाई छिटो भन्दा छिटो जनताकोमा पुर्याउने कुरा चाँडै कार्यान्वयन होस् भन्ने आग्रह गर्न चाहन्छु । ज्येष्ठ नागरिकलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ । खोप लगाउने नियमित समय नतोकिकन खुला राख्नुपर्छ । नगरपालिका, गाउँपालिका र वडामा जति बेला पनि खोप लगाउने व्यवस्था गर्नुपर्छ । ओमिक्रोनबाट बच्न र नागरिकमा भय हुन नदिन सतर्कता अपनाउनुपर्छ भन्ने कुराको चेतना दिनुपर्छ । नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ । त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुई वटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ । अक्सिजन, भेन्टिलेटरको अवस्था के छ, त्यो बुझ्नुपर्छ । नेपालको समस्या के छ भने एक पटक प्रयोग गरेपछि भताभुङ्ग बनाउने गरिएकाे छ, त्यसलाई व्यवस्थित गर्नुपर्छ ।’
सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट नागरिककाे ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।