त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - अर्को महिना सुरु हुने सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य पूरा हुने सरकारले जनाएको छ ।
सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर अर्थात २ सय ५० वटा पुर्याउने लक्ष्य राखेको थियो।
तीन वर्षअघि गरिएको सर्वेक्षणअनुसार नेपालमा २ सय ३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको छ ।
पछिल्लो तथ्याङ्क थाहा पाउन हिजोदेखि बाघ गणना सुरु भएको छ ।
अर्को महिनासम्ममा गणनाको नतिजा सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
बाघको विचरण रहेको क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्र गरी तीनवटा क्षेत्रमा विभाजन गरिएको छ ।
बाघ गणनाको लागि चितवन पर्सा कम्प्लेक्समा सात, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्रमा तीन वटाका दरले हात्ती परिचालन गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।