टेस्ट क्रिकेटमा भारतकाे सबैभन्दा ठूलाे जित, न्युजिल्यान्डलाई ठूलाे अन्तरले हरायाे

 मंसिर २०, २०७८ सोमबार १४:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतले मुम्बईमा भएको दोस्रो टेस्टमा न्युजिल्यान्डलाई तीन सय ७२ रनले हराएको छ । टेस्ट क्रिकेटमा भारतको यो सबैभन्दा ठूलो जित हो । यसअघि भारतले ६ वर्षअघि सन् २०१५ मा दक्षिण अफ्रिकालाई दिल्लीमा तीन सय ३७ रनले हराएको थियो ।

योसँगै भारतले न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खला एक–शून्यले जितेको छ । यसअघि कानपुरमा भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । घरेलु जमिनमा भारतले यो लगातार १४ औँ शृङ्खला जितेको हो ।   

रविचन्द्रन अश्विन शृङ्खलामा १४ विकेट लिँदै 'प्लेयर अफ द सिरिज' बन्दा मयंक अग्रवाल 'प्लेअर अफ द म्याच' बने । 

टेस्टमा रनको अन्तरमा भारतको प्रमुख पाँच ठूलो जित

३७२ रन न्युजिल्यान्डविरुद्ध, मुम्बई २०२१
३३७ रन दक्षिण अफ्रिकाविरुद्ध, दिल्ली २०१५
३२१ रन न्युजिल्यान्डविरुद्ध, इन्दोर २०१६ 
३२० रन अस्ट्रेलियाविरुद्ध, मोहाली २००८ 
३१८ वेस्ट इन्डिजविरुद्ध, नर्थ साउन्ड २०१९

यसअघि यी दुई टोलीबीच भएको तीन खेलको टी–२० शृङ्खला भारतले 'क्लिन स्वीप' गरेको थियो । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया