भारतीय क्रिकेट टोलीले दक्षिण अफ्रिकाको भ्रमण गर्ने

 मंसिर २१, २०७८ मंगलबार ६:४७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय क्रिकेट टोलीले दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ ।

भारतीय टोलीले टेस्ट र एक दिवसीय श्रृङ्खलाका लागि दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको हो ।

भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको टेस्ट र तीन एक दिवसीय श्रृङ्खला हुनेछ । यसअघि दुई टोलीबीच टी–२० श्रृङ्खला पनि हुने भनिएको थियो ।

तर, टी–२० श्रृङ्खला भने फरक मितिमा हुने क्रिकइन्फोले जनाएको छ । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको टेस्ट श्रृङ्खला डिसेम्बर २६ देखि सुरु हुनेछ । तालिका अनुसार पहिलो टेष्ट डिसेम्बर २६ देखि ३० तारिखसम्म हुनेछ भने दोस्रो टेस्ट तीन जनवरी देखि सात र तेस्रो टेष्ट ११ देखि १५ सम्म हुनेछ ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिएसँगै खेल क्षेत्रमा पनि प्रभाव पर्ने देखिएको छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया