अमेरिकाको कोलोराडोमा रोकिराखेको विमानमा आगलागी, सबै यात्रु...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेमाथि कुनै उजुरी भएमा उजुरी गर्न सार्वजनिक आह्वान गरेको छ ।
शनिबार एक सूचना निकालेर समितिले असोज १ गतेभित्रमा उजुरी दिन आह्वान गरेको हो । नवीनकुमार घिमिरेको विरुद्धमा उजुरी गर्नेले आफ्नो नाम, ठेगान पूरा खुलाउन पर्ने छ । घिमिरेलाई गएको बुधबार बसेको संवैधानिक परिषदले अख्तियार प्रमुखमा सिफारिस गरेको हो ।
प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरेको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त हुनुभएको थियो ।
तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातको कार्यकाल सकिएपछि दोस्रो वरीयतामा रहेका घिमिरेले चार महिनादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।