एमालेभित्र रहेकाहरूकाे हरिबिजाेग भएकाे छ : माधव नेपाल

 मंसिर २१, २०७८ मंगलबार २०:७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ  ।

आज सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउनुभएको हो । एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एन्ड कम्पनीको दिन सकिएको समेत बताउनुभयो । उहाँले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैँडालाई थमाइएको समेत बताउनुभयो ।

अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुद बन्दै गएको समेत दाबी गर्नुभयो । उहाँले गठबन्धनको सरकारमा सहभागी दलकाअघि ओलीको केही नलाग्ने ठोकुवासमेत गर्नुभयो । अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन, मार्क्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाइसकेको छ । पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैँडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ, त्यहाँ रहेकाहरूको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेवाला कोही छैन त्यहाँ भनेर ।’ 

अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरूको अवस्था निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गर्नुभयो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया