सुदीप, स्वागता, युवराज र सुमुया बने युथ एथलेटिक्स च्याम्पियन

 मंसिर २२, २०७८ बुधबार ८:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

१६ वर्ष मुनिको ब्वाइजमा सुदीप र गर्ल्समा सुष्मा तथा २० वर्ष मुनिको ब्वाइजमा युवराज र गल्र्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सुमुया बंगलादेशकी हुने भने बाँकी सबै नेपाली खेलाडी हुन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको २० वर्ष मुनिको उमेरसमूह अन्तर्गत एक सय मिटर दौडको ब्वाइजमा जाजरकोटका युवराज विक र गर्ल्समा बंगलादेशकी सुमुया देवान, चार सय मिटर दौडको ब्वाइजमा बंगलादेशका जेल्डासर्जिल रसिम खान र गर्ल्समा बंगलादेशकी रुना नस्रत जाहान, आठ सय मिटर दौडको ब्वाइजमा कञ्चनपुरका सन्जिव नेपाली र गर्ल्समा जुम्लाकी राममाया बुढा पहिलो भए ।

एथलेटिक्स परिवार, नेपालले आयोजना गरेको प्रतियोगिताको २० वर्ष मुनिको हाइजम्पको ब्वाइजमा मोरङका सागर यादव र गर्ल्समा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको ब्वाइजमा चितवनका ललित राउन र गर्ल्समा दाङकी सुशिला चौधरीले स्वर्ण जिते । १६ वर्ष मुनिको एक सय मिटर दौडको ब्वाइजमा वीरगञ्जका आदेशकुमार यादव र गर्ल्समा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको ब्वाइजमा बाग्लुङका बादल कार्की र गर्ल्समा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया