बङ्गलादेशसँगकाे टेस्ट शृङ्खला पाकिस्तानले जित्याे

 मंसिर २२, २०७८ बुधबार १९:४०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशसँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । आज बुधवार सकिएको दोस्रो टेस्ट एक इनिङ्स र आठ रनले जितेसँगै दुई खेलको शृङ्खला पाकिस्तानले दुई–शून्यले जितेको हो । पहिलाे टेस्ट पाकिस्तानले आठ विकेटले जितेकाे थियाे । 

दोस्रो पारीमा बङ्गलादेशले दुई सय पाँच रनमात्रै बनाउन सकेपछि खेल पाकिस्तानले जितेको हो । बङ्गलादेशका लागि शाकिब अल हसनले ६३, मुशफिकर रहिमले ४८ र लिटन दासले ४५ रन बनाए । बलिङतर्फ पाकिस्तानका साजिद खानले चार विकेट लिँदा शाहीन अफ्रिदी र हसन अलीले एक–एक विकेट लिए ।  

पहिलो पारीमा पाकिस्तानले चार विकेट गुमाउँदै तीन सय रन बनाउँदा पारी सकिएकाे घाेषणा गरेकाे थियाे । पाकिस्तानका लागि बाबर अजमले ७६, अजहर अलीले ५६, माेहम्मद रिजवनले ५३ र फवाद आलमले ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका तइजुल इस्लामले दुई विकेट लिँदा इबादाेत हुसेन र खलिल अहमदले एक–एक विकेट लिए ।

बङ्गलादेश भने पहिलो पारीमा ८७ रनमै अलआउट हुँदै दुई सय १३ रनले पछि पर्दै फलोअनमा परेको थियो । बङ्गलादेश ८७ रनमा अलआउट हुँदा शकिब अल हसनले ३३ र नजमुल हुसेन शान्ताेले ३० रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ पाकिस्तानका साजिद खानले आठ विकेट लिँदा शाहीन अफ्रिदीले एक विकेट लिए । 

यसअघि यी दुईबीच भएकाे तीन खेलकाे टी–२० शृङ्खला पाकिस्तानले 'क्लिन स्वीप' गरेकाे थियाे । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया