च्याम्पियन्स लिगमा आज पनि ८ खेल हुँदै

 मंसिर २२, २०७८ बुधबार १९:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज बुधवार पनि आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे जेनित र चेल्सी तथा युभेन्ट्स र माल्मो खेल्दैछन् । यो समूहबाट युभेन्ट्स र चेल्सी अन्तिम १६ मा पुगिसकेका छन् । 

यस्तै राति पौने २ बजे एट्लान्टा र भिलारियल तथा म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज खेल्दैछन् । यो समूहबाट युनाइटेड अन्तिम १६ मा पुगिसकेको छ, आजको खेलपछि बाँकी अर्को टोलीको टुङ्गो लाग्नेछ । 

यस्तै पौने २ बजे नै बार्यन म्युनिख र बार्सिलोना तथा बेन्फिका र डाइनाभो किभ खेल्दैछन् । यो समूहबाट बार्यन अन्तिम १६ मा पुगिसकेको छ । अन्तिम १६ मा पुग्न आज बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । तर बार्सिलोना बार्यनसँग पराजित भए पनि डाइनाभोले बेन्फिाकालाई हराएमा बार्सिलोना नै अन्तिम १६ मा पुग्नेछ । तर बार्सिलोना पराजित हुने र बेन्फिकाले डाइनाभोलाई हराएमा बार्सिलोना बाहिरिनेछ, बेन्फिका अन्तिम १६ मा पुग्नेछ । 

यस्तै आजै सेभिल्ला र आरबी साल्जबर्ग तथा वल्भ्सवर्ग र लिले खेल्दैछन् । यो समूहबाट सबै टिमको अघिल्लो चरणमा पुग्ने सम्भावना रहेको छ । ३२ टिममध्ये अन्तिम १६ मा पुग्ने १२ वटा टिमको टुङ्गो लागेको छ, बाँकी चार वटा टाेलीको टुङ्गो आज लाग्नेछ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया