च्याम्पियन्स लिग : बायर्नसँग पराजित बार्सिलोना समूह चरणबाटै बाहिरियो

 मंसिर २३, २०७८ बिहिबार ६:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘ई’ मा जित्नैपर्ने खेलमा बार्सिलोना बायर्नसँग ३–० ले पराजित भयो ।

अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । बायर्नको घरेलु मैदान एलिउन्ज एरिनामा आज बिहान भएको खेलमा बार्सिलोना पराजित भएको हो ।

बायर्नको जितमा थोमस मुलर, लरे साने र जमल मुसिएलाले एक/एक गोल गरे । पहिलो हाफमा दुई गोलले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । मुलरले खेलको ३४ औँ मिनेटमा गोल गरेपछि बायर्नले अग्रता बनाएको थियो ।

बायर्नका लागि खेलको ४३ औँ मिनेटमा सानेले गोल थपे । त्यस्तै खेलको ६२ औँ मिनेटमा मुसिएलाले गोल गरे । यसअघि नै नकआउट चरणमा पुगेको बायर्नले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । बार्सिलोना २१ वर्षपछि समूह चरणबाट बाहिरिएको हो ।

बायर्नले ६ खेलबाट १८ अङ्क जोडेको छ । पराजित बार्सिलोना ७ अङ्कका साथ तेस्रो स्थानमा छ ।

च्याम्पियन्स लिगको अर्को खेलमा बेन्फिकाले डाइनाभो किभलाई २–० ले हराएको छ । बेन्फिका समूह ‘ई’ को उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो ।

बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टो जुनियरले गोल गरे । जितपछि बेन्फिकाले समूहमा ६ खेलबाट ८ अङ्क जोड्यो ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया