फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियाे

 मंसिर २४, २०७८ शुक्रबार १६:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । 

दशरथ रङ्गशालामा चौथो चरण अन्तर्गत आज शुक्रवार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई दुई–शून्य गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सविरुद्ध आक्रामक खेल पस्किएको मनाङले दुवै हाफमा एक–एक गोल गर्‍याे । मनाङलाई जिताउन आफिज ओलावाले र दिनेश राजवंशीले एक–एक गोल गरे । आफिजले खेलकाे ४१ औँ मिनेटमा र दिनेशले ७३ औँ मिनेटमा गाेल गरे ।

याे जितसँगै मनाङले चार खेलमा १० अङ्क जोडेको छ । प्रतियाेगितामा मनाङको यो तेस्रो जित हो । फ्रेन्ड्स चार खेलमा दुई अङ्क जोडेर बाह्राैँ स्थानमा रहेको छ । फ्रेन्ड्सको यो दोस्रो हार हो ।

आजै बेलुका पौने ५ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब खेल्दैछन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया