'ए' डिभिजन लिग : सातदाेबाटाे र एनआरटी तथा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब खेल्दै

 मंसिर २५, २०७८ शनिबार ६:४५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिगको चौथो चरणको दोस्रो खेलमा आज दुई खेल हुँदैछन् ।

आज सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) तथा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् ।

दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी खेल्नेछन् ।

यस्तै बेलुकी पौने ५ बजे हिमालयन शेर्पा क्लब र साविक विजेता मच्छिन्द्र क्लब खेल्नेछन् ।

सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने एनआरटी दुई अङ्क जोडेर तालिकाकाे ११ औँ स्थानमा रहेको छ । यस्तै, हिमालयन शेर्पा ३ खेलमा दुई अङ्क जोडेर १० औं स्थानमा रहँदा  मच्छिन्द्र ७ अङ्कसहित चौथो स्थानमा छ । 

यसअघि हिजो भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्सलाई २–० ले हराएको थियो भने त्रिभुवन आर्मी क्लबले  च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया