अफगानिस्तानमा मानवीय सहयोगका लागि विश्व बैंकद्वारा २ सय ८० मिलियन डलर अनुमोदन

 मंसिर २५, २०७८ शनिबार १५:४४:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंक दाताहरूले अफगानिस्तानमा मानवीय सहयोगका लागि दुई सय ८० मिलियन अमेरिकन डलर रकम अनुमोदन गरेका छन् । अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा रकम उपलब्ध गराउन सहमत भएका विश्व बैंकलाई उद्धृत गर्दै समाचारसंस्था एएनआईले जनाएको छ ।

विश्व बैंकले निकालेको विज्ञप्तिमा दुई सय ८० मिलियन डलरमध्ये अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न युनिसेफले एक सय मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ भने डब्लुएफपीले अफगानिस्तानमा खाद्य सुरक्षा र पोषण सञ्चालनलाई सबल बनाउन एक सय ८० मिलियन डलर प्राप्त गर्नेछ ।

यसैबीच भारतले अफगानिस्तानलाई मेडिकल सामाग्री पठाएको छ । अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको जहाज फर्किँदा भारतले औषधि लगायत मेडिकल पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पठाएको सामाग्री विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरुले बुझ्नेछन् ।  
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया