अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउने योजना रोकियो
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा भ्रष्टाचार अन्त्य गर्न प्रधानमन्त्री केपी ओली गम्भीर नभएको आरोप लगाउनु भएको छ ।
वरिष्ठ नेता पौडेलले दुईवटा वाईड बडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको दाबी गर्दै छानवीनका लागि उच्चस्तरीय न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गर्नुभयो । सुशासनमा देशलाई लैजान सरकारले गम्भीर पाईला नचाले मुलुक अस्तव्यस्त हुने वरिष्ठ नेता पौडेलको चेतावनी छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने घोषणा गरे पनि भने अनुसारको काम गर्न नसकेको बताउनुभयो ।
काँग्रेस वरिष्ठ नेता पौडेलले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिनेगरी संविधान संशोधन गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिएमात्रै संघीयता बलियो हुने भएकाले यसै अनुसारको व्यवस्था गर्न सरकारले संविधान संशोधन गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।
काँग्रेस वरिष्ठ नेता पौडेलले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिने काममा ध्यान केन्द्रित गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकापा) लाई पनि आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।