बार्सिलोना ओसासुनासँग बराबरीमा रोकियो

 मंसिर २७, २०७८ सोमबार ७:१३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

बार्सिलोनाले ओसासुनासँग २–२ गोलको बराबरी खेलेको हो । दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।

निको गोन्जालेजले १२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १४ औँ मिनेटमा ओसासुनाका डाभिड गार्सियाले १–१ गोल गदै खेललाई बराबरीमा ल्याए । खेलको ४९औँ मिनेटमा अब्डे इजालजुलीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।तर, खेलको ८७ औँ मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई २–२ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै बार्सिलोना २४ अङ्कसहित आठौँ स्थानमा छ भने २२ अङ्क रहेको ओसासुना दशौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया