इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्युक्यासललाई हरायाे

 मंसिर २७, २०७८ सोमबार ७:३०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा लेस्टरले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लेस्टरलाई जित दिलाउन युरी टिलमेन्सले दुई गोल गरे भने पाट्सन डाका र जेम्स म्याडिसनले एक/एक गोल गरे । खेलको ३९ औँ मिनेटमा युरीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ५७ औँ मिनेटमा डाकाले गोल गर्दै टिमको अग्रता २–० को बनाए । खेलको ८१ औँ मिनेटमा युरीले दोस्रो गोल गर्दै लेस्टरलाई ३–० को अग्रता दिलाए । खेलको ८५ औँ मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई ४–० को जित दिलाए । जितसँगै लेस्टर २२ अङ्कका साथ आठौँ स्थानमा उक्लिएको छ ।

न्युक्यासल १० अङ्क जोडेर १९ औँ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया