सुनको भाउ आज पनि स्थिर, चाँदीको भाउ कति ?
माघ २१, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरिमा आज सातगाउँले जात्रा मनाइँदैछ ।
विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा अस्तिदेखि नै सुरु भएको हो । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमदः न्हय्गाँ जात्रा भनिन्छ ।
जात्राका लागि सप्तमीको राति सातै गाउँका गुठियारहरूले आ–आफ्नो गुठीमा भैरव साधना गरी भित्र्याएका छन् । हिजो कीर्तिपुर दरबार क्षेत्रमा रहेको इन्द्रायणी मन्दिर, नगाउँको बालकुमारी, पांगाउँको विष्णुदेवी मन्दिरलगायत सातगाउँका गुठियारहरूले पूजाआजा गरी मन्दिरबाट देवता बाहिर ल्याएका छन् ।
जात्राका लागि कलात्मक झ्याल–ढोका भएका मन्दिर, चैत्य, ढुङ्गेधारा, टोल चोक सिङ्गारपटार गरी चिटिक्क बनाइएको छ । जात्राको अवसरमा कीर्तिपुर नगरपालिकाका सबै र चन्द्रागिरि नगरपालिकाका ९, १०, ११ र १५ नम्बर वडामा आज स्थानीय बिदा दिइएको छ ।
सात गाउँले जात्राको लागि कस्तो व्यवस्थापन गरिएको छ भनेर हामीले विष्णुदेवी मन्दिर रहेको चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडाध्यक्ष उत्तम रावतलाई सोधेका छौँ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।