देउवा पहिलाे चरणमै सभापतिमा विजयी हुनुहुन्छ : खाण

 मंसिर २७, २०७८ सोमबार १६:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताउनुभएको छ ।

आज सोमवार भृकुटीमण्डपमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता खाणले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताउनुभएको हो । उहाँले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकाले केन्द्रीय सदस्यमै सीमित रहेको पनि बताउनुभयो ।

नेता खाणले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताउनुभयो । उहाँले पार्टीको १५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने पनि दाबी गर्नुभयो ।

नेता खाणले भन्नुभयो, ‘पुराना अनुहारहरूको पनि यो पार्टीमा धेरै योगदान छ । युवा पुस्ताहरू पनि आउनुभएको छ । त्यसैले पुराना र युवा पुस्तालाई संयोजन गरेर हामी अघि बढ्नेछौँ । १५ औँ महाधिवेशनमा नेपाली कांग्रेस विद्युतीय मतदानमा जान्छ । यस पटक सभापति पहिलो चरणमा नै पार गर्नुहुन्छ र विजयी हुनुहुन्छ, त्यही नै मतदाताहरूको रोजाइ देखियो । म एक कदम पछि हटेर पार्टीको वृहत्तर एकताका लागि काम गरेको छु । अहिले पनि पार्टी सभापति, प्रधानमन्त्रीलाई साथ दिनु मेरो दायित्व हो । टिम मिलाउन केही कठिनाइ देखिएपछि मैले केन्द्रीय सदस्यमा नै बसेको हुँ ।’ 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया