'ए' डिभिजन लिगमा सङ्कटाले पुलिसलाई हरायो

 मंसिर २७, २०७८ सोमबार १८:५७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा आज साेमवार भएको पहिलो खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई एक–शून्य गाेलले हरायो । सङ्कटाका लागि खेलकाे १८ औँ मिनेटमा निरज बस्नेतले  गोल गरे ।

जितसँगै सङ्कटा आठ अङ्कसहित चौथो स्थानमा पुगेको छ । पुलिस पाँच अङ्क जोडेर सातौँ स्थानमा रहेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया