रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा देउवा र कोइराला सहभागी, देउवाद्वारा पौडेलको प्रशंसा

 मंसिर २८, २०७८ मंगलबार ११:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सभापतिका दुवै प्रत्याशी सहभागी भएका छन् ।

मङ्गलवार बिहान लैनचौरमा भएको चियापान कार्यक्रममा शेरबहादुर देउवा र शेखर कोइराला सहभागी हुनु भएको हो । नेतृत्वका लागि भएको पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र कोइराला पौडेलको निम्तो मान्न लैनचौर पुग्नु भएको हो ।

पहिलो चरणमा पौडेलले कोइरालालाई आफ्नो समर्थन रहेको बताउनु भएको थियो । दोस्रो चरणको चुनावमा भने कसलाई समर्थन गर्ने भन्नेबारे उहाँले केही सार्वजनिक गर्नु भएको छैन । उहाँले आफ्ना प्रतिनिधिलाई विवेक प्रयोग गर्न आग्रह गर्नु भएको छ । यस्तै, कार्यक्रममा देउवाले पौडेलको प्रशंसा गर्नु भएको छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया