कालीकोटको खाँडाचक्रमा कुटपिटबाट एक जनाको ज्यान गयो
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले भारतले नेपालको मधेस र मधेसी नागरिकको हित चाहन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
काठमाडौमा पत्रकार बसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय : संविधान, मधेस, नाकाबन्दी’ को विमोचन कार्यक्रममा उहाँले भारतीय संस्थापनले मधेस र मधेसीको हित चाहन्छ भन्ने भ्रममा परेर भारतसँग धेरै अपेक्षा नगर्न मधेश केन्द्रित दलका नेताहरुलाई आग्रह गर्नुभएको हो । ‘भारतले काठमाडौं र काठमाडौंका शासकहरुसँगै सहकार्य गरेर आफ्ना स्वार्थ पूरा गर्ने हो’, भट्टराईले भन्नुभयो, ‘त्यसैले भारतले हाम्रो पक्षमा कुरा उठाइदिन्छ वा समर्थन गर्छ भन्ने आश गरेर धेरै आशा नगर्न म मधेश केन्द्रित दलका नेताहरुलाई आग्रह गर्छु ।’ संविधान जारी गर्ने बेला भारतले ‘धर्मनिरपेक्षता’ नराख्न दबाब दिएको बताउनुभयो ।
आफूले भारतमा १० वर्षभन्दा बढी समय बिताएको तथा प्रधानमन्त्री भएका बेला भारतीय पक्षले गर्ने आग्रह अनुरोध र चाहनाका आधारमा भारतले मधेससँग नभएर काठमाडौं र यहाँका नेताबाटै आफ्ना माग पूरा गराउन चाहेको बुझेको भट्टराईको दावी थियो ।
हरेक देशले परराष्ट्रको मामिलामा आ-आफ्नो स्वार्थ हेर्ने भएकाले कुनै पनि देशले वा छिमेकीले आफ्ना लागि काम गरिदिन्छ भन्ने सोच्नु नै मुर्खता हुने भट्टराईको भनाई थियो ।
काठमाडौंलाई तराईसँग जोड्ने द्रुत मार्ग पनि आफूले नै पाउनु पर्ने भन्दै नेपाललाई दबाब दिएको भट्टराईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।