त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै
माघ २१, २०८१ सोमबार
काठमाण्डौ – कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरण चुनावको सामना गर्ने बताउनुभएको छ ।
पहिलो चरणको चुनावपछि बसेको कोइराला समूहका नेताहरूको बैठकले दोस्रो चरणमा हुने मतदानको सामना गर्ने निर्णय गरेको हो । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरूले समर्थन गर्ने बताए पनि कोइराला समूह छलफलमा बसेको थियो ।
संस्थापन इतर समूहले नै सहयोग नगरेपछि कोइराला अफ्ठ्यारोमा पर्नुभएको छ । उहाँले अन्तर्मनको आवाज सुनेर भोट हाल्न आह्वान पनि गर्नुभएको छ ।
कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणमा चुनाव हुन लागेको हो । दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याएका उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।