नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र हाे हस्तकला : उपराष्ट्रपति पुन

 मंसिर २८, २०७८ मंगलबार २०:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताउनुभएको छ । हस्तकला स्वर्ण महोत्सव तथा दशौँ हस्तकला दिवसको अवसर पारेर आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उहाँले नेपाली हस्तकलाका वस्तुहरूले नेपालको पहिचानलाई उचो बनाउने काम गरिरहेको पनि बताउनुभयाे ।  

उपराष्ट्रपति पुनले नेपालको गरिबी न्यूनीकरण गर्न, रोजगारीको अवसर सृजना गर्न हस्तकला क्षेत्रले उल्लेखनीय योगदान दिइरहेकाले यस क्षेत्रको प्रवर्द्धनकाे कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नेपाली हस्तकलाका वस्तुहरूको युरोप, अमेरिकाजस्ता विकसित देशमा माग बढ्नु नेपाल र नेपाली हस्तकलाका लागि सबैभन्दा सुखद् विषय भएको पनि उहाँकाे भनाइ छ ।  

उपराष्ट्रपति पुनले भन्नुभयो, ‘हस्तकला नेपालकै मौलिकपनको चिनारी हो । नेपाली कलाकारहरूको सीप र कला हो । हस्तकला राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा पनि हो । हस्तकला हाम्रो देशको व्यापार घाटालाई  सन्तुलित राख्ने प्रमुख क्षेत्र हो र हस्तकला लाखौँलाख नेपालीको रोजगारीको क्षेत्र पनि हो । विशेषगरी महिलाहरूलाई उद्यमी र आर्थिक रूपमा सबल बनाउने क्षेत्र हो । गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेकाे क्षेत्र पनि हो । यी सबै कारण हस्तकला राज्यको उच्च प्राथमिकताको क्षेत्र पनि हो ।’

कार्यक्रममा बोल्दै महोत्सवका संयोजक रविन्द्र शाक्यले हस्तकला क्षेत्र हेर्ने छुट्टै मन्त्रालय स्थापना गर्न सरकारसँग माग गर्नुभयो । उहाँले हस्तकला क्षेत्रबारे बुझ्ने र सुन्ने कुनै पनि निकाय नभएको भन्दै तीन वटै तहको सरकारले यसलाई हेर्ने गरी छुट्टै मन्त्रालय स्थापना गर्नेमा आफूहरू आशावादी रहेको पनि बताउनुभयो । 

संयोजक शाक्यले हस्तकला क्षेत्रको विकासका लागि सरकारले कच्चा पदार्थको निर्यातमा समेत उपयुक्त वातावरण बनाउन नसकेको भनाइ राख्नुभयाे । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया