त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै
माघ २१, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताउनुभएको छ ।
आज मङ्गलवार बैठकमा बोल्दै सदस्य भट्टराईले देश सङ्घीयता, लोकतन्त्रको व्यवस्थाअनुसार चल्न नसकेको दाबी गर्नुभयो । उहाँले सरकार र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढिरहेको आरोप लगाउनुभयो ।
उहाँले सभामुखको अकर्मण्यताबाट सङ्घीय संसद् पनि प्रभावित रहेको र सही ढङ्गबाट चल्न नसकेको बताउनुभयो । उहाँले सरकार र सभामुखले संसद् चलाउन नचाहेको आरोपसमेत लगाउनुभयो । देश सरकार विहीनताको अवस्थामा रहेको भन्दै अहिले नागरिकले सरकार छ र ? भन्न थालेको समेत बताउनुभयो । सांसद भट्टराईले सरकार मन्त्री र उनीहरूको परिवारका लागि मात्रै भएको बताउनुभयो ।
सदस्य भट्टराईले भन्नुभयो, ‘हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय बनेको छ । देश सङ्घीयता, लोकतन्त्रको व्यवस्थाअनुसार चल्न सकेको छैन । अहिले जनताले सरकार छ र भन्न थालिसकेका छन् । सरकार मन्त्रीहरू र उनीहरूको परिवारका लागि मात्रै भएको छ ।’
बैठकमा गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सामाजिक सुरक्षा ऐनसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक आउँदाे पुस ५ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।