म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हरायो

 मंसिर २९, २०७८ बुधबार ७:४८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हराएको छ । गएराति भएको खेलमा सिटीका लागि केभिन डि ब्रुएइनले दुई  र अन्य पाँच जना खेलाडीले एक/एक गोल गरे ।

सिटीले यो सिजनमा पहिलोपटक कुनै पनि टिमलाई सात गोल हानेको रेकर्ड पनि बनाएको छ । जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ ।  सिटीको ४१ र लिभरपुलको ३७ अंक छ । गएराति नै भएकाे अर्को खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २–० गोलले हराएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया