१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

 मंसिर २९, २०७८ बुधबार ८:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो पौने चार बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो भने श्रीलंका भुटान र भारतसँग समान ५/५ गोलले पराजित भएको थियो । उपाधि दावेदार मानिएको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ । नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग  खेल्नेछ ।

चार देश सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।  सन् २०१८ मा भएको च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग  फाइनलमा पराजित भएको थियो । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया