कथावाचक साईग्रेस जस्मिन पेन्ट्ससँग अनुबन्धित

 मंसिर २९, २०७८ बुधबार १२:४७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स प्रालिले कथावाचक (स्टाेरी टेलर) साईग्रेस पोखरेललाई आफ्नो कम्पनीसँग अनुबन्धित गरेको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रमका बीच उनलाई अनुबन्धित गरेको हो ।

विगत २७ वर्ष देखि गुणस्तरीय रंग उत्पादन गर्दै आएको जस्मिन पेन्ट्स प्रालिले अन्तर्राष्ट्रिय विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड २०१८ लण्डन, नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८ लगायत थुप्रै अवार्ड जितेकाे छ । आफ्नो उत्पादनहरुको प्रचारका लागि साईग्रेससँग सम्झौता गरेको कम्पनीले जनाएकाे छ ।

स्वदेशी वस्तुहरु उत्पादन गरि स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ स्थापना भएको याे कम्पनी मनकामना ग्रुप अफ कम्पनी अन्तर्गत सञ्चालित रहेको छ । जस्मिन पेन्ट्ससँग साइग्रेस अनुबन्धित भएपछि कम्पनीको स्तर अझ माथि पुग्नेमा आफू विश्वस्त रहेको कम्पनीका निर्देशक मधुसुदन अर्यालले बताउनुभयाे ।

यस्तै नेपाली पेन्ट्सहरुमै अग्रणी स्थानमा रहन सफल रंग कम्पनीसँग आफू अनुबन्धित हुन पाउँदा निकै खुसी भएको कथाकार साईग्रेसले बताए । यस कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा भने मह जोडी रहेका छन ।
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया