२४ घण्टामा २ सय ८० जनामा काेराेना पुष्टि

 मंसिर २९, २०७८ बुधबार १९:९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार नौ सय ९४ जनाको नमुना परीक्षण गरेकोमा पीसीआर परीक्षणबाट दुई सय ५२ जना र एन्टिजेन परीक्षणबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये काठमाण्डाै उपत्यकामा एक सय १८ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डाैमा ८९, ललितपुरमा २० र भक्तपुरमा नाै जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय जना कोरोना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर पाँच हजार ६ सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै कोरोना सङ्क्रमणका कारण ६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय २३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया