शिर झुकाउनु परे पनि नेपालसँग सम्बन्ध बिगार्दैनौँ : भारतीय रक्षा मन्त्री सिंह

 पुष १, २०७८ बिहीबार ६:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच सम्बन्ध बिगार्न नचाहेको बताउनु भएको छ ।

भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा उहाँले केही तत्त्वहरूले दुई देश बीचको सम्बन्ध बिगार्न चाहेको आरोप लगाउनुभयो ।

उहाँले तेस्रो पक्ष को हो भन्नेबारे केही खुलाउनुभएको छैन । उहाँले नेपालसँग भारतको रोटी–बेटी तथा सांस्कृतिक सम्बन्ध रहेको दोहोर्याउनुभयो । साथै उहाँले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै पनि बिगार्न नचाहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ,‘जेसुकै भए पनि हामीलाई शिर झुकाउनु किन नपरोस् तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ ।’

सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गर्नुभएको थियो ।

नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट सडक निर्माण गरिएकाले भारतसमक्ष त्यसको कुटनीतिक रूपमै विरोध जनाएको थियो ।
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया