प्रिमियर लिग : वेस्ट ह्यामलाई हराउँदै आर्सनल शीर्ष चारमा

 पुष १, २०७८ बिहीबार ८:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–० गाेलले हराएको छ । आज बिहान भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित वेस्ट ह्याम विरुद्ध आर्सनलले दुई गाेल गरेकाे हाे।

जितसँगै आर्सनल शीर्ष चारमा पुगेको छ ।

आर्सनलका लागि खेलको ४८औँ मिनेटमा गाब्रियल मार्टिनेली र ८७ औँ मिनेटमा इमिल स्मिथ रोवीले गोल गरे ।

आर्सनलको १७ खेलमा २९ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १६ खेलमा ३७ अङ्क छ भने तेस्रो स्थानमा रहेको चेल्सीको ३६ अङ्क छ ।

त्यस्तै आज बिहान भएको खेलमा ब्राइटनलाई उल्भ्सले १–० ले हराएको छ भने क्रिस्टल प्यालेस र साउथह्याम्टनले २–२ गोलको बराबरी खेलेका छन् ।
 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया