१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दै

 पुस २, २०७८ शुक्रबार ६:५७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् ।

नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।

फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो ।

भुटानले पहिलो खेलमा श्रीलङ्कालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६–० र तेस्रो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो ।

प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आयोजक बङ्गलादेश र नेपालले समान दुई खेलमा चार–चार अङ्क जोडेका छन् । भुटानले तीन खेलबाट ३ अङ्क जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ ।

लगातार तीन खेलमा पराजित श्रीलङ्का भने फाइनल होडबाट बाहिरिसकेको छ । नेपालले भारतसँग पर्सि खेल्नेछ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया