मच्छिन्द्र र सङ्कटाले गाेलरहित बराबरी खेले

 पुष २, २०७८ शुक्रबार १९:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज शुक्रवार भएकाे दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र क्लब  र सङ्कटा क्लबले गाेलरहित बराबरी खेलेका छन् । बराबरीपछि मच्छिन्द्रलाई एक कम खेलेको मनाङसँग तीन अङ्कको अग्रता बनाउने अवसर गुमेको छ ।

बराबरीसँगै शीर्ष स्थानको मच्छिन्द्रले तालिकामा ११ अङ्क जोडेको छ । र दोस्रो स्थानको मनाङसँग एक अङ्कको अग्रता लिएको छ । यस्तै सङ्कटा नाै अङ्क जोड्दै शीर्ष चारमा उक्लिएको छ ।

लिगमा भोलि शनिवार तीन खेल हुँदैछ । काठमाण्डाैमा दुई खेल हुनेछ भने पोखरामा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई आतिथ्यता गर्दैछ । दशरथ रङ्गशालामा च्यासल युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेल थ्री स्टार र न्युरोड टिम (एनआरटी) बीच हुनेछ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया