अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । दुई वटा खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा र एउटा खेल पोखरामा हुनेछ ।
दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो एक बजे च्यासल युथ क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । च्यासल ४ खेलमा ४ अङ्कका साथ दशौँ स्थानमा छ । समान खेलमा जावलाखेल एक अङ्कसहित १३औँ स्थानमा छ । दशरथ रङ्गशालामा हुने अर्को खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटी बेलुका पौने पाँच बजे खेल्दैछन् ।
एनआरटी चार खेलमा पाँच अङ्कका साथ नवाैँ र समान अङ्क रहेको थ्री स्टार छैठौँ स्थानमा छ ।त्यस्तै पोखरा रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब दिउँसो २ बजे खेल्दैछन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमा पहिलो पटक काठमाण्डाै उपत्यका बाहिर खेल हुन लागेको हो ।
आठ पटकको च्याम्पियन मनाङ ४ खेलमा १० अङ्क जोडेर दोस्रो स्थानमा छ । पुलिस ४ खेलमा ५ अङ्कका साथ आठाैँ स्थानमा रहेको छ । पोखरा रङ्गशाला मनाङको घरेलु मैदान हो । पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले मनाङको घरेलु मैदा भएपनि आफूहरुका लागि ‘लक्की’ सावित हुँदै आएको बताउनुभएको छ ।
पोखरा रङ्गशालामा लिगका तीन खेल हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।