बङ्गलादेशले श्रीलङ्कालाई १२–० ले हरायो, नेपाल फाइनल पुग्न असफल

 पुस ४, २०७८ आइतबार २०:४२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा बङ्गलादेशले श्रीलङ्कालाई १२–० गोलले हराएको छ ।

बङ्गलादेशले फाइनल प्रवेशका लागि श्रीलङ्कासँग बराबरी खेलेको भए पनि पर्याप्त थियो । तर ढाकामा भएको खेलमा श्रीलंकाको पोष्टमा बंगलादेशको टोलीले १२ गोल प्रहार गरेको हाे ।

बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल फाइनल पुग्न असफल भएको छ । बङ्गलादेश श्रीलङ्कासँग पराजित भएको भए आज भारतसँग हारेको नेपाल फाइलनमा पुग्ने थियो । प्रतियोगिताको फाइनलमा अब भारत र बङ्गलादेश खेल्नेछन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया