इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले न्युक्यासललाई ४ गोलले हरायो, चेल्सी बराबरीमा राेकियाे

 पुस ५, २०७८ सोमबार ६:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४–० गोल अन्तरले हराएको छ ।

गएराति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीका लागि खेल सुरु भएको पाँच मिनेटमै रुबेन डियासले गोल गर्दै अग्रता दिलाए । यस्तै, खेलको २७औँ  मिनेटमा जोआ कान्सेलोले गोल गरे भने ६३ औँ मिनेटमा रियाद महरेज र ८६ औँ मिनेटमा रहिम स्ट्रर्लिङले एक/एक गोल गरे ।

जितसँगै सिटीले १८ खेलमा ४४ अङ्क जोडेको छ । न्युक्यासल १० अङ्क जोडेर १९ औँ स्थानमा  छ ।

यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।  गएराति भएको खेलमा चेल्सीले उल्भ्ससँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै चेल्सीले १८ खेलमा ३८ अङ्क जोडेको छ । चेल्सी तेस्रो स्थानमा छ । उल्भ्स भने २५ अङ्क जोडेर ८ औं स्थानमा छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया