एपीएफले फ्रेन्ड्सलाई हरायाे

 पुस ५, २०७८ सोमबार १६:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा आज साेमवार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई तीन–एक गोलले हरायो । एपीएफको जितमा आशिष लामाले दुई र विकी तामाङले एक गोल गरे । फ्रेन्ड्सका लागि प्रिजेन तामाङले सान्त्वना गोल फर्काए ।

आजको जितसँगै एपीएफ रेलिगेशन जोनबाट माथि उठ्दै चार अङ्कका साथ ११ औँ स्थानमा पुगेको छ । दुई अङ्क रहेको फ्रेन्ड्स पुछारमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया