प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफ विजयी

 पुस ५, २०७८ सोमबार १६:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा आज साेमवार सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।

धनगढीको फाप्ला मैदानमा एपीएफले प्रदेश २ लाई ४८ रनले हरायो । खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा एपीएफले दिएको ९९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले नौ विकेट गुमाएर ५० रनमात्रै बनायो । उसका लागि मेलिना रायमाझीले सर्वाधिक २० रन बनाइन् । 

आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले हराएको छ । गण्डकीले दिएको ३२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले दुई ओभर एक बलमा मात्रै एक विकेट गुमाएर भेटायो ।

यसअघि गण्डकीलाई ३१ रनमा अलआउट गर्ने क्रममा सुदूरपश्चिमकी कविता जोशी र दीपा जोराले दुई/दुई तथा कविता कुवँर र ईश्वरी विष्टले एक/एक विकेट लिए ।

समूह 'एक' बाट प्रदेश १ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् । सात प्रदेश र एपीएफ गरी आठ वटा टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया