एशेज शृङ्खलामा अस्ट्रेलियालाई २–० काे अग्रता

 पुस ५, २०७८ सोमबार १७:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एशेज शृङ्खलाकाे दोस्रो टेस्ट अस्ट्रेलियाले दुई सय ७५ रनले जितेको छ । चार सय ६८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड अन्तिम दिन एक सय ९२ रनमा अलआउट भयो । दोस्रो पारीमा अस्ट्रेलियाका झे रिचर्डसनले पाँच तथा मिचेल स्टार्क र मिचेल नेसरले दुई–दुई विकेट लिए ।

यसअघि पहिलाे पारीमा दुई सय ३७ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा नौ विकेट गुमाउँदै दुई सय ३० रनमा पारी समाप्तीको घोषणा गरेपछि इङ्ल्यान्डले चार सय ६८ रनको लक्ष्य पाएको थियो ।

याे जितसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलयाले दुई–शून्य को अग्रता बनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया