कांग्रेस प्रदेश २ सभापतिका लागि देउवा समूह र निधि समूहबाट उम्मेदवारी

 पुस ६, २०७८ मंगलबार १८:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवको उम्मेदवारी परेको छ । रामसरोज यादव प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ भने कृष्ण यादव पार्टीको रौतहट जिल्ला सभापति हुनुहुन्छ ।

कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा निकट र रामसरोज नेता विमलेन्द्र निधि निकट हुनुहुन्छ । यसअघि अधिवेशनको मङ्सिर १६ गते नै उद्घाटन भए पनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।

देउवा पक्षबाट उम्मेदवारी दर्ता गराउनुभएका कृष्णा यादवले कांग्रेसलाई वडादेखि प्रतिनिधि सभा क्षेत्रमा बलियाे बनाउन आफ्नाे उम्मेदवारी रहेकाे बताउनुभएकाे छ । अर्का उम्मेदवार रामसराेज यादवले कांग्रेसलाई बलियाे बनाएर प्रदेश पार्टीकाे सरकार बनाउने दाबी गर्नुभएकाे छ । 

आज उम्मेदवारी दर्ता भएपछि भोलि बुधवार बिहानैदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया