आरआरमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

 पुष ८, २०७८ बिहीबार १८:२३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डाैकाे आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।

गएकाे मङ्गलवार परीक्षामा चिट चाेर्न नदिएकाे भन्दै स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएकाे थियाे । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासित गरिएकाे जनाएकाे हाे । 

क्याम्पस प्रशासनले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘परीक्षासँग असम्बन्धित विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि साङ्घातिक आक्रमण गरेकाे र क्याम्पसकाे शैक्षिक वातावरणमा खलल पुर्‍याएकाे विषयमाथि क्याम्पस प्रशासनकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएकाे र कानुनी कारबाही अगाडि बढिसकेकाे छ ।’

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया