पुलिस र फ्रेन्ड्सबीचकाे खेल बराबरीमा सकियाे

 पुस ९, २०७८ शुक्रबार १९:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीचकाे खेल बराबरीमा सकिएकाे छ ।  

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज शुक्रवार भएको दाेस्राे खेलमा पुलिस र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका हुन् । बराबरी खेल्दै दुवैले अङ्क बाँडेका छन् । 

खेलमा दुवै टाेलीले केही उत्कृष्ट माैका बनाउँदा पनि गाेल भने गर्न सकेनन् । आजकाे बराबरीसँगै पुलिस क्लब ६ खेलमा ६ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा छ भने समान खेल खेलेकाे फ्रेन्ड्स तीन अङ्कसहित पुछारमा छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया